परिचय (Introduction)
यस महिला सहकारी संस्था विभिन्न क्षेत्रका २८ जना महिलाहरु द्वारा सहकारी ऐन, २०४८ अन्तर्गत स्थापित वित्तीय सहकारी संस्था हो । यस संस्थाले कुलेश्वर स्थित बैंकिङ कार्यालयबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ भने विभिन्न ९ वटा सेवा केन्द्रहरु मार्फत लघु वित्त सेवा प्रदान गर्दै आएको छ । शुरुमा अधिकृत पूँजी रु.१ करोड, रु.९० लाख जारी पूँजी र रु. ५० लाख चुक्ता पूँजीबाट यस संस्थाले बैंकिङ कारोबार शुरु गरेकोमा हाल यसको अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी रु. १० करोड र चुक्ता पूँजी रु. ७ करोड ३३ लाख ९५ हजार पुगेको छ । कुल चुक्ता पूँजी मध्ये ९० प्रतिशत भन्दा बढी हिस्सा महिलाहरुको स्वामित्वमा रहेको छ ।
दृष्टिकोण (Vision)
शहरी तथा ग्रामीण क्षेत्रका महिलाहरुलाई वित्तीय सेवाहरु प्रदान गरी उनीहरुको सामाजिक तथा आर्थिक उत्थान गरी देश विकासमा सहयोग गर्ने संस्थाको मुख्य दृष्टिकोण रहेको छ ।
दीर्घकालीन लक्ष्य (Mission)
ग्रामीण र शहरी क्षेत्रका महिलाहरुलाई छिटो छरितो तथा सुलभ तरिकाले वित्तीय सेवाहरु उपलब्ध गराई उनीहरुको आर्थिक एवं सामाजिक जीवनस्तर माथि उकास्ने कार्यमा संलग्न हुंदै देशको गरिबी नीवारण कार्यमा सहयोग पुँयाउने र यस संस्थालाई एक सक्षम वित्तीय संस्थाको रुपमा स्थापित गर्ने यस संस्थाको प्रमुख लक्ष्य रहेको छ।
उद्देश्यहरु (Objectives)
यस संस्थाको उद्देश्यहरु देहाय बमोजिम रहेको छ:
-
आन्तरिक र बाह्य बचतहरु परिचालन गर्ने ।
-
महिलाहरुलाई विशेष प्राथमिकता र प्रोत्साहन दिई सरल रुपमा कर्जा उपलब्ध गराउने ।
-
ग्रामिण तथा शहरी क्षेत्रका गरिब तथा विपन्न परिवारका महिलाहरुलाई स्वरोजगारी तथा आय आर्जनको लागि बिना धितो स-साना कर्जा उपलब्ध गराउने ।
-
विकासको मूलधारमा महिला वर्गलाई ल्याउने ।
-
एक सक्षम वित्तीय संस्थाको रुपमा विकास गर्ने ।
-
ग्रामीण क्षेत्रका अति गरिब परिवारका जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरी महिला शिक्षा तर्फ चेतना अभिवृद्धि गर्ने एवं प्रोत्साहन गर्ने ।
कार्य नीति
देशको शहरी तथा ग्रामीण क्षेत्रमा बचत परिचालन गरी महिलाहरुको आर्थिक क्रियाकलापको लागि सहुलियतपूर्ण ब्याज दरमा कर्जा प्रदान गर्नु यस संस्थाको प्रमुख नीति रहेको ५ । यस संस्थाको निम्न २ प्रमुख कार्य क्षेत्रहरु रहेको छ ।
(१) बैकिङ सेवा
(२) महिला लघु ऋण परियोजना कार्यक्रम
महिला सहकारी संस्थाको एक झलक
२०८० माघ मसान्त सम्मको स्थिथि (रकम रु. हजारमा)
कुल कर्जा लगानी १,१७,२९,९५
लगानीमा रही रहेको कुल कर्जा १,६०,८५,०२
कुल निक्षेप १,११,००,८५
सक्रिय सदस्य संख्या १५,८६७
खुद ऋ०ाी संख्या ९,६१९
सक्रिय केन्द्र संख्या १,०४५
कुल कर्मचारी संख्या ७९
महिला कर्मचारी संख्या ३७
सेवा केन्द्रहरुको संख्या ९
कार्य क्षेत्रको जिल्ला संख्या ३
वाँकी पढ्नुहोस