महिला सहकारी संस्थाले आफ्नो उद्देश्य अनुसार देशको ग्रामीण र शहरी क्षेत्रका महिलाहरुलाई छिटो छरितो तथा सुलभ तरीकाले वित्तीय सेवाहरु उपलब्ध गराई उनीहरुको आर्थिक एवं सामाजिक जीवनस्तर माथि उकास्ने कार्यमा संलग्न हुंदै आएको छ । साथै यस संस्थाले बंगलादेशको ग्रामीण मोडेलमा २०५४ साल देखि महिला लघु ऋण परियोजना कार्यक्रम संचालन गर्दै आएको छ । यसबाट खास गरी ग्रामीण र शहरी क्षेत्रका गरिब तथा विपन्न वर्गका महिलाहरुलाई उनीहरुको आर्थिक स्तर वृद्धि गर्न सामूहिक जमानीको आधारमा बिना धितो कर्जा प्रदान गर्दै आएको छ । यस कार्यक्रम द्वारा महिलाहरुको आर्थिक अवस्था सुधार हुनुको साथै परिवारको आय वृद्धि हुन गई देशको गरिबी निवारण कार्यमासमेत योगदान पुगि रहेको छ । फलस्वरुप देश विकासको मूल प्रवाहमा ती महिलाहरुको विभिन्न क्षेत्रमा सहभागिता वृद्धि भै रहेको छ ।
संस्थाको प्रस्तुत वेवसाईट www.mahilasahakari.com.np अग्रेजी भाषाको साथै नेपाली भाषामा समेत राख्न शुरु गरीएबाट संस्थाको गतिविधिबारे शेयरधनी सदस्य एवं अन्य सर्वसाधारणलाई अद्यावधिक जानकारी उपलब्ध हुनेछ भन्ने मैले आशा लिएकी छु ।