सम्बन्धित समाचार

नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

  महिला सहकारी संस्था लिमिटेड

यस संस्थाको ग्रामी०ा लघु ऋण परियोजना चापागाउं शाखा अन्तर्गतका महिला सदस्य एवं निजका परिवारका सदस्यहरुको लागि मिति २०८१ बैशाख ८ गते शनिबार श्री गुप्तेश्वर आधारभूत विद्यालय, भारदेउ, कन्ज्योसोम गाउंपालिकामा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेको छ । उक्त स्वास्थ्य शिबिरमा परियोजना संग आवद्ध करीब २५० जना महिला र निजको परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य सेवा, हाडजोर्नी विशेषज्ञ सेवा र  अन्य साधारण स्वास्थ्य परीक्षण सेवा प्रदान गर्नुको साथैं नि:शुल्क औषधी वितरण गरीएको थियो ।

उक्त शिविरको समापन कार्यक्रम कन्ज्योसोम गाउंपालिकाका अध्यक्ष श्री गोपि लाल सिङतानको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त स्वास्थ्य शिबिर महिला सहकारी संस्था, ग्रामीण लघु ऋण परियोजना, स्टार हस्पिटल, सानेपा र स्टार एकेडेमी, सानेपाको संयुक्त तत्वावधानमा सम्पन्न भएको थियो ।