महिला लघु वित्त कार्यक्रम संग आवद्ध सदस्यहरुको जीवन रक्षाका लागि तथा विभिन्न कर्जाको सुरक्षाको निमित्त संस्थाले कर्जा लिने सबै सदस्यहरुले अनिवार्य रुपमा सिटीजन सुरक्षा योजना बीमा गर्नु पर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत ऋण अवधिको आधारमा १ वर्ष देखि १० वर्ष सम्मको लागि बीमा समाप्ती मितिमा बिमितको उमेर ७१ वर्ष ननाघ्ने गरी ऋण रकम बराबर रु. १० हजार देखि रु. १० लाख सम्मको सदस्यले बीमा गर्नु पर्ने व्यवस्था रहेको छ । यसको लागि सदस्यले प्रति हजार रुपैयां ऋणको लागि रु. ४.६५ प्रिमियम तिर्नु पर्ने व्यवस्था रहेको छ । तर बीमा प्रारम्भ अगावै दीर्घ रोग लागेका सदस्यहरुको जोखिम भने यस अन्तर्गत बहन नहुने व्यवस्था छ । बिमित सदस्यको मृत्यु भएमा बिमाङ्क रकम बराबरको क्षतिपूर्ति सिटिजन लाइफ इन्स्योरेन्स कम्पनिले संस्थालाई उपलब्ध गराउने छ । संस्थाको निज सदस्यसंग लिन बांकी रहेको सांवा ब्याज कटाई बांकी रकम निज सदस्यले इच्छाएको व्यक्तिलाई संस्थाले उपलब्ध गराउने व्यवस्था रहेको छ । साथै काज क्रिया खर्च बापत बीमांक रकमको १५ प्रतिशत वा रु.१५,०००।– जुन कम हुन्छ सो उपलब्ध गराइने व्यवस्था रहेको छ ।