हाम्रो कार्यक्रमहरु

सामाजिक क्रियाकलापहरु

  महिला सहकारी संस्था लिमिटेड

बैंकिङ तथा महिला लघु परियोजना कार्यक्रम संचालनको अतिरिक्त यस संस्थाले विभिन्न सामाजिक कार्यहरु पनि गर्ने गरेको छ जुन निम्न बमोजिम रहेका छन्:

(१) सीप विकास तालिम 

ग्रामीण क्षेत्रका गरिव तथा विपन्न परिवारका लघु ऋण परियोजना कार्यक्रमका महिला सदस्यहरुलाई सीपमूलक तालिमहरु प्रदान गरी उनीहरुको जीवनस्तर उकास्नको लागि प्रारम्भिक मौसमी तथा बेमौसमी तरकारी खेती तालिम, उच्चस्तरीय मौसमी तथा बेमौसमी तरकारी खेती तालिम, प्रारम्भिक च्याउ खेती तालिम, व्यापार प्रबदन र महिला उद्यमी तालिम, साबुन बनाउने तालिम, मैंनबत्ती बनाउने तालिम, बनावटी (Artificial) फूल बनाउने तालिम, उन्नत बाख्रापालन तालिम आदि विभिन्न तालिमहरु दातृ निकाय ‚ Rangjung Yeshe Shenpen को सहयोगमा प्रदान गर्ने गरिएको छ ।

(२) बाख्रा वितरण कार्यक्रम

यस संस्था र इन्जिनियर श्रीमती समाजको संयुक्त तत्वावधानमा महिला लघु ऋण परियोजना कार्यक्रमका गरिब महिला सदस्यहरुलाई निःशुल्क बाख्रा वितरण गर्ने र सो को २ वर्ष पछि उनीहरुले एक वटा बाख्रा अर्काे सदस्यलाई निःशुल्क वितरण गर्न दिनु पर्ने गरी बाख्रा वितरण गर्ने कार्यक्रम संचालन गरिएको छ । 

(३)  छात्रवृत्ति  वितरण कार्यक्रम 

ग्रामीण तथा शहरी क्षेत्रका अति गरिब परिवारका जेहन्दार छात्राहरुले सहज रुपमा अध्ययन गर्न पाउन् भन्ने उदेश्यले वार्षिक रुपमा  छात्रवृत्ति वितरणको कार्यक्रम संचालन गर्दै आएको छ र महिला शिक्षामा जोड दिदैं आएको छ । यसको लागि विभिन्न दाताहरुले प्रदान गरेको रकमबा६ छात्रवृत्ति अक्षय कोष स्थापना भएको र सो अक्षय कोषबाट आर्जित ब्याज रकम तथा  यस संस्थाका संस्थापक एवं शेयरधनी सदस्यहरु र संस्थाका कर्मचारीहरुले प्रदान गरेको रकमबाट प्रत्येक वर्ष गरिब तथा विपन्न परिवारका सदस्यका छोरीहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरिएको छ । यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत केही नगदको साथै स्कूल युनिफर्म, स्कूल ब्याग, स्टेशनरी सामान आदि वितरण गर्ने गरीएको छ । 

(४) स्वास्थ्य चेतना कार्यक्रम

यस संस्थाले प्रत्येक वर्ष निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी महिला लघु ऋण परियोजनासंग आवद्ध महिलाहरु र निजको परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य सेवा, स्त्री रोग विशेष सेवा, नाक, कान, घाँटी विशेषज्ञ सेवा, दन्त उपचार सेवा, हाडजोर्नी विशेषज्ञ सेवा र अन्य साधारण स्वास्थ्य परीक्षण सेवा प्रदान गर्नुको साथै निःशुल्क औषधि वितरण गर्ने गरिएको छ ।